Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काबुल विमानस्थाल क्षेत्रमा हालसम्म कम्तीमा २० जना मारिए

एजेन्सी । तालिबानले गत आइतबार काबुललाई नियन्त्रणमा लिएपछि विमानस्थल र वरपर क्षेत्रमा हालसम्म कम्तीमा २० जना मारिएका छन्।

नेटोका एक अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई उक्त समय अवधिमा २० जनाभन्दा बढीको मृत्यु भएको जानकारी दिएका छन्।

‘काबुल विमानस्थल बाहिरको स्थिति नराम्रो छ। हाम्रो ध्यान सबै विदेशीहरुलाई जतिसक्दो चाँडो देश बाहिर निकाल्नु हो,’ अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा भने।

‘तालिबानसँग कुनै भिडन्त हुन नदिन हाम्रा फोर्सहरुले काबुल एयरपोर्टको बाहिरी भागबाट दूरी कायम गरीरहेका छन्,’ उनले थपे।

बेलायतको रक्षा मन्त्रालयले यसअघि विमानस्थल बाहिर सात अफगान नागरिक मारिएको बताएको थियो तर थप विवरण भने दिएको थिएन। बेलायती रक्षा विभागका उपसचिवले उद्धार प्रक्रियालाई तीव्रता दिइरहेको बताएका छन्।

बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077