Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हारबाट मुश्किलले जोगियो रियल मड्रिड

एजेन्सी – स्पेनिस ला लिगामा रियल मड्रिड मुश्किलले हारबाट जोगिएको छ। आइतबार राति भएको खेलमा रियलले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो।

खेल शुरु भएको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो। उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए। पहिलो हाफमा रियल १–० ले अगाडि रह्यो।

तर दोस्रो हाफमा आक्रामक बनेको लेभान्टेले लगातार २ गोल ग¥यो। खेलको ४६औं मिनेटमा रोजरले गोन्जालो मेरेलोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

५७औं मिनेटमा जोस काम्पानाले जर्ग डि फ्रुटोसको पासमा गोल गरेपछि रियल खेलमा २–१ ले पछि परेको थियो।सब्सिच्युट ब्राजिली विंगर फरवार्ड भिनिले ७३औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। उनले क्यासमिरोको पासमा गोल गरेका थिए।

७९औं मिनेटमा रोवेरले गोल गर्दै लेभान्टेलाई खेलमा पुनः ३–२ ले अघि बढाए। ८५औं मिनेटमा भिनिले बेन्जेमाको पासमा व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए। यो बराबरीपछि रियलको २ खेलबाट ४ अंक पुगेको छ। लेभान्टेको २ खेलबाट २ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077