Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिदिलाई ‘तनाव’ दिएको भन्दै भिनाजुको हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवकले भिनाजुको हत्या गरेका छन्। आफ्नो दिदिलाई तनाव दिएको भन्दै २० वर्षीय युवकले भिनाजुको हत्या गरेका हुन्।

रक्षाबन्धनको दिन भाईलाई राखी बान्न दिदि माइत आएकी थिइन्। साथमा पतिलाई पनि ल्याएकी थिइन्। रक्षाबन्धन लगाउँदै गर्दा उनले पतिले दुःख दिने गरेको बताइन्। मादक पदार्थमा लठ्ठ भएका युवतीका पतिले भाइलाई पनि गाली गर्न लागेका थिए।

रिसले आगो भएका भाइले भिनाजुको हत्या गरेको भारतीय प्रहरीले जानकारी दिएको छ। युवकले चक्कु प्रहार गरी भिनाजुलाई नै सिध्याएका हुन्। युवकका बाबुले नै घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको छ।

मृतकका परिवारले युवतीले नै आफ्नो श्रीमानको हत्या गरेको आरोप लगाएका छन्। पति–पत्नीबीच निरन्तर झगडा भइरहने भएको उनको हत्या गरिएको प्रहरीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077