Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किशोरीको हत्या गरी फरार रहेका खवास १४ महिनापछि पक्राउ

कास्की – किशोरीको हत्या गरी फरार भएका एकजना पक्राउ परेका छन्। मादी–९स्थायी घर भइ मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारको हत्या गरेर फरार भएका स्याङ्जा हरिनासका खड्कबहादुर खवासलाई १४ महिनापछि पक्राउ गरिएको हो।

खवासलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। स्याङजा पुतलीबजार–४ स्थित शिव मन्दिर चोकबाट पक्राउ परेका उनलाई सोमबार सार्वजनिक गरिएको हो।

हत्या गरिएको अवस्थामा कोपिलाको शव गत असार २५ गते मादी–११ पातिघरमा भेटिएको थियो। त्यसपछि अनुसनधानमा जुटेको प्रहरीले १४ महिनापछि सफलता हात पारेको हो।

पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ। हत्याको कारणबारे सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077