Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पासाङल्हामु राजमार्ग अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र

रसुवा । पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ। भारी वर्षाका कारण पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो।
धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिएका छन्।

नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ। राजमार्ग अवरूद्ध हुँदा दर्जनौँ सवारीसाधन बीचबाटामै अलपत्र परेका छन्। उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुञ्चे ल्याउन समस्या उत्पन्न भएको छ।

आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुञ्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको छ। धुञ्चेमा उपकरण भएको र चालक भने काठमाडौंतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मङ्गलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्वता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । राजमार्ग खोल्नका लागि स्याफ्रुबेँसीतर्फ रहेका उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077