Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिएसजीबाट डेब्यू नगर्दै मेसीको ट्रान्सफर चर्चा

एजेन्सी । ३४ वर्षीय लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)मा आबद्ध केही हप्तामात्र भयो। मेसीले नयाँ क्लबबाट डेब्यू पनि गरेका छैनन्।

सम्भवतः मेसीले पिएसजीको अब आउने खेलमा क्लबका लागि पहिलो खेल खेल्नेछन्। तर फुटबल जगतमा मेसीको ट्रान्सफर चर्चा शुरु भएको छ। मेसीलाई इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले इन्टर मायमीबाट खेलाउन चाहेको समाचार बाहिरिएको छ।

यस विषयमा मेसी र बेकह्यामबीच कुराकानी भइसकेको डेली मिररले जानकारी दिएको छ। इन्टर मायमीका बालिक बेकह्यामले पिएसजीमा सम्झौता सकिएपछि आफ्नो एमएलएस टोली इन्टर मायमीबाट खेल्न प्रस्ताव गरेका छन्। मेसीले पनि केहि अघि मायमीमा केहि सुविधाजनक अपार्टमेन्ट किनिसकेका छन्। त्यसलाई भविष्यमा उनी अमेरिका जान सक्ने सम्भावनासँग जोडेर हेरिएको छ।

त्यतिमात्रै हैन क्लबका मालिक बेकह्याम र सह मालिक जोर्जे मासले क्रिस्टियानो रोनाल्डोलाई पनि आबद्ध गराउन चाहेकाक छन्। ‘डेभिड यो विषयमा काम गरिरहेका छन्। हामी उत्कृष्ट खेलाडीलाई आफ्नो टोलीमा लिन चाहन्छौं’, मासले भने, ‘मेसी एउटा पुस्ताका उत्कृष्ट खेलाडी हुन्। सम्भवतः उनी विश्वकै सर्वकालिन उत्कृष्ट खेलाडी हुन्।’

मास मेस्सीलाई भित्राउन सकिनेमा आशावादी पनि छन्। ‘मेसीले मायमीको जर्सीमा खेल्नेमा म सकारात्मक छु। मलाई लाग्छ हामीले उत्कृष्ट खेलाडीलाई क्लबबाट खेलाउने परम्परा बनाएका छौं’, उनले थपे, ‘हामी मालिकहरुको सपना भनेको मायमीलाई विश्वको उत्कृष्ट टोलीका रुपमा निर्माण गर्नु हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077