Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘कञ्चना ३’ की नायिकाले गरिन् आत्महत्या

एजेन्सी । रुसी मोडल र अभिनेत्री अलेक्जान्द्रा जाभीको शव उत्तरी गोवाको एउटा घरको छतमा झुण्डिएको अवस्थामा भेटिएको छ। २४ वर्षीया अभिनेत्री अलेक्जान्द्रा गत शुक्रबार आफ्नो घर भित्रको कोठाको छतबाट झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

उनी यस घरमा आफ्नो प्रेमीसँग बस्थिन्। गोवा पुलिसले उनले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले हाल पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ। प्रहरीका अनुसार अलेक्जान्द्रा मानसिक रुपमा अशान्त थिइन् र विगत केही दिनदेखि औषधि पनि खाँदै थिइन्।

पुलिसले अलेक्जान्द्राले आत्महत्या गरेको अनुमान गरेको छ तर पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे थप केही भन्ने प्रहरीको भनाइ छ। गोवा पुलिसले रूसी दूतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ। रूसी दूतावासलाई अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट चाँडै आउने जानकारी गराइएको छ।

अभिनेत्री अलेक्जान्द्राले २०१९ मा चेन्नई पुलिस स्टेशनमा एक फोटोग्राफरविरुद्ध यौन उत्पीडनको उजुरी दायर गरेकी थिइन्। उनले उक्त फोटोग्राफरले आफ्नो तस्वीरहरु खिचेवापत यौन सम्बन्ध राख्न आग्रह गरेको बताएकी थिइन्।

अभिनेत्रीको मृत्युपछि चेन्नई पुलिसले गोवा पुलिसलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिएको छ। गोवा पुलिसले अभिनेत्रीको मृत्यु उजुरीसँग केहि सम्बन्ध छ कि छैन भनेर सोधपुछ गर्नेछ।

उनले तमिल फिल्म ‘कञ्चना ३’ मा पनि अभिनय गरेकी थिइन्। फिल्ममा उनले रोजी नामको एक चुडेलको भूमिका निभाएकी थिइन्। फिल्ममा निक्की तम्बोली, वेदिका कुमार, सरला र श्रीमन जस्ता कलाकारहरु पनि थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077