Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तालिबानले दिएको अल्टिमेटमलाई अमेरिकाले पालना गर्ला ? बाइडेनले कडा निर्णय लिन सक्ने

एजेन्सी। अमेरिकाले तालिबान नियन्त्रित अफगानिस्तानबाट आफ्ना नागरिकलाई अगस्त ३१ सम्म छाड्ने वा नछाड्ने बारेमा कुनै निर्णय गरेको छैन।

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन समय सीमा परिवर्तन गर्ने सोचमा छैन।

तालिबानले बीबीसीलाई  समयसीमा लम्ब्याउँदा सम्झौता उल्ल्घन हुने बताएको छ ।

अफगानिस्तानबाट अहिले सम्म हजारौं मानिसहरुलाई बाहिर निकालिएको छ। तर, अझै पनी काबुल बिमानस्थल बाहिर मानिसहरुको भीड जम्मा भैरहेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले समयसीमा बढाउने कि नबढाउने भन्ने बारेमा अर्को २४ घण्टामा अन्तिम निर्णय लिन सक्नेछन्।

एक अज्ञात अधिकारीले एजेन्सीलाई  पेन्टागनलाई तयारी गर्न समय दिने निर्णय लिइने वताएका छन्।

ह्वाइट हाउसका अनुसार सोमबार स्थानीय समय अनुसार बिहान ७ देखि साँझ ७ बजेसम्म काबुलबाट १०९०० मानिसहरुलाई बाहिर निकालिएको छ।

ह्वाइट हाउसले  अमेरिकाले अगस्ट १४ बाट एयरलिफ्ट सुरु भएदेखि  लगभग ४८००० मानिसहरुले अफगानिस्तान छाडेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077