Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राजनीतिक दलसम्बन्धी अध्यादेश

    जबजको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने नेकपा एकीकृत समाजवादीको लक्ष्य

    जबजको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने नेकपा एकीकृत समाजवादीको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।

    नेकपा एमालेबाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।



    सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ । विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तत्कालीन लक्ष्य रहेको जनाइएको छ ।



    बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताए ।

    पूर्वप्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट पारे । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम यही भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ ।

    सो पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार