Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुरुषले चक्कुले काटेर आफ्नै यौनाङ्ग टुक्रा पारे, डाक्टरले जोडेर बनाए विश्व कीर्तिमान

    पुरुषले चक्कुले काटेर आफ्नै यौनाङ्ग टुक्रा पारे, डाक्टरले जोडेर बनाए विश्व कीर्तिमान

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । संसार विचित्रको छ। यो विचित्रको संसार विचित्र र अपत्यारिला समाचारहरु बाहिर आइरहन्छ। विश्वास नलाग्ने तर गर्नैपने धेरै किसिमका घटनाहरु हुने गरेका छन्।

    हालै बेलायतमा सार्वजनिक एक घटना यस्तै छ। मानसिक रुपमा बिरामी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्ग काटेका छन्। ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्ग टुक्रा बनाएका हुन्। यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ।



    रिपोर्टका अनुसार घटनाबारे जानकारी हुनेबित्तिकै प्रहरी घटनास्थल पुगेको थियो। जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए। उनको यौनाङ्गलाई बरफमा राखियो र उनलाई एम्बुलेन्समार्फत् अस्पताल लगियो।



    ती व्यक्तिलाई अस्पताल पुर्याइयो र उनलाई अपरेशन थिएटरमा लगेर शल्यक्रिया गराउँदा यी बिरामीको यौनाङ्ग अलग्गिएको २३ घण्टा बितिसकेको थियो। यस्तोमा डाक्टरका लागि यो शल्यक्रिया निकै चुनौतीपूर्ण थियो। यी व्यक्तिलाई क्याथेटरमार्फत् पिसाब गराइएको थियो।

    डाक्टरले यी व्यक्तिको यौनाङ्ग पुनः जोडिदिए र रक्तसञ्चारका लागि बिरामीको पाखुराको नसा प्रयोग गरिएको थियो। शल्यक्रियापछि उनलाई जनरल वार्डमा लगियो र उनलाई एन्टीबायोटिक्स दिइयो। यी व्यक्तिले दुई हप्ता जनरल वार्डमा बिताए।

    शल्यक्रिया गरेको केही हप्तापछि नै बिरामीको यौनाङ्गमा सेन्सेसन हुन थालेको थियो र यो सामान्य हुन थालेको थियो। यो शल्यक्रियासँग जोडिएका डाक्टरका अनुसार अंग विच्छेद भएको केही घण्टा पछि यौनाङ्गको सफल शल्यक्रियाको यो पहिलोपटक हो।

    युनिभर्सिटी हस्पिटल बर्मिङ्घम एनएचएस फाउन्डेशन ट्रस्टका अनुसार शल्यक्रिया सफल बनाउनका लागि यौनाङ्गमा चोट लागेको १५ घण्टाभित्र रिप्लान्ट गर्न आवश्यक हुन्छ। तर, यो केसमा भने २३ घण्टापछि शल्यक्रिया गरिँदा पनि त्या पूर्णरुपले सफल भएपछि डाक्टरहरु नै अचम्मित भए।

    स्रोत : डेलीमेल (यहाँ क्लिक गर्नुहोस्)

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार