Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन आफ्नै बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने युवक

जनकपुरधाम । धनुषामा एक युवाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै ५५ बर्षीय बुवा रामबृक्ष र २४ बर्षकी श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् ।

दुबै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैचामा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।

मण्डलले सोमबार राति १२ बजेतिर दुबैको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको धनुषाका प्रहरी प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुबैको शव फेला परेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

मण्डल गत चैत महिना मात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।

उनी विदेशमा रहँदा उनका बुवा र श्रीमतीको अवैध सम्बन्ध रहेको चर्चा रहेपनि प्रहरीले यसबारेमा तत्कालै केहि भन्न नसकिने जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077