Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सनाखतका लागि नेकपा एकीकृत समाजवादीका ६७ जना नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ। प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।

बुधबार अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु गरी ६७ जना दल दर्ताको सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका हुन्।

आयोगले दल दर्ताका लागि निवेदन दिएपछि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो।

आयोगले सनाखतका लागि साढे घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ। तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ।

सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि प्रमाणपत्र दिने प्रचलन छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077