Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

बुधबार अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतोलगायतका नेताहरु आयोग पुगेका हुन्।

आयोगले दल दर्ताका लागि निवेदन दिएपछि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो। आयोगले सनाखतका लागि साढे घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए ।

सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि प्रमाणपत्र दिने प्रचलन छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077