Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सभामुखले राजनीति खेल्न खोजे, यो सह्य हुँदैन : ओली (भिडियो)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गर्न चाहेको आरोप लगाएका छन्।

एमालेले १४ जना सांसदलाई कारवाही गरेको पत्र सभामुख सापकोटाले अड्काएको भन्दै ओलीले यस्तो बताएका हुन्।

बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, 'सभामुखजीले राजनीति खेल्न खोज्नु भयो, हामीले कारवाही गरेका सांसदहरुलाई पदमुक्त गर्नुपर्ने उहाँले उल्टै विचाराधीन छ भन्नुभयो, यो राम्रो हुँदैन ।' यसअघिको एक कार्यक्रममा पनि ओलीले सभामुखलाई धम्की स्वरुप सभामुख बनिरहन मन छ कि छैन भन्दै ठाडो हकारेका थिए।

यस्तै , पूर्वप्रधानमन्त्री ओलीले माधव नेपाललाई सहज गर्न र प्रतिपक्षलाई कमजोर तुल्याउन पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा गुनासो समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077