Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अध्यक्षबाट राजिनामा दिने ओलीको तयारी, भने - अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण (अध्यक्षबाट राजिनामा) गर्ने बताएका छन् ।

बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कोही पनि निर्विकल्प नहुने भन्दै भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’

'कोही पनि निर्विकल्प हुँदैन, अनुकुल समयमा जिम्मेबारी हस्तान्तरण गर्ने तयारीमा छु, 'ओलीले भने।

यस्तै, अध्यक्ष ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन् । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ ओलीले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

ओलीले थपे, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो । यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077