Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस पल्टियो, २ जनाको मृत्यु ३० घाइते

काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौ आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ। बुधबार बिहान उक्त बस सुनकोशी गाउँपालिका ३ कालिका नजिकै दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेर बसमा सवार दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

बसमा सवार मध्ये दुइ जनाको बस भित्रै च्यापिएर मृत्यु भएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल खाडिचौर र १५ लाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उक्त बस सडकबाट करिब ३० मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077