Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यालेस्टाइनले आगो लगाउने बेलुन उडाएपछि इजरायलले गाजा क्षेत्रमा लडाकु विमानबाट बम बर्सायो

एजेन्सी । पछिल्ला केही दिनयता इजरायल र प्यालेस्टाइनीबीच युद्ध जारी छ । केही दिन पहिले प्यालेस्टाइनले गाजा क्षेत्रबाट इजरायलतर्फ आगो लगाउने बेलुन उडाएको थियो। त्यसको जवाफमा फेरि इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा लडाकु विमानबाट बम बर्साएको छ ।

प्राप्त समाचार अनुसार उक्त आक्रमण गाजाको दक्षिणमा रहेको खान युनिस र उत्तरमा रहेको जबालिया क्षेत्रमा गरिएको हो ।

यस घटनामा १५ वर्षका प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ । इजरायली डिफेन्स फोर्सले आफ्ना लडाकु विमानले खान युनिसमा हमासको हतियार बनाउने साइट र जबालियामा एक आतंकवादी सुरुङको प्रवेश द्वारमा बम खसालेको बताएको छ । उनीहरुले आम नागरिकका घर र सुजैयामा एक स्कुलनजिक हमासको अण्डरग्राउण्ड रकेट लञ्च साइटमा पनि आक्रमण गरेका छन् ।

जारी युद्दमा गाजाको तर्फबाट ९ वटा आगो लगाउने बेलुन लञ्च गरिएको दावी गरिएको छ। गत हप्ता प्यालेस्टाइनी प्रदर्शनकारीले गाजा सीमानजिक एक पर्खाल भत्काइरहेका थिए । यस क्रममा इजरायली सैनिकले गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077