Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्किङ भिसामार्फत् लिथुनिया पठाइदिन्छु भन्दै लाखौं कुम्ल्याएर फरार पोशबहादुर पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले युरोप (लिथुनिया) पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गा.पा. ३ स्थाई घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने ३३ बर्षीय पोश बहादुर सुनुवार रहेका छन् । सुनुवारलाई महाशाखाको टोलीले आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका सुनुवारले युरोपको लिथुनिया जान प्रतिव्यक्ति जान ७ लाख लाग्छ भन्दै काभ्रेका प्रेम कुमार लामालगायत ६ जनाबाट १ लाखका दरले ६ लाख रुपैया लिएर फरार भएका थिए । उनीविरुद्द ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो ।

सुनुवारले पीडित लामालगायतलाई वर्किङ्ग भिसामार्फ़त लिथुनिया पुग्ने र त्यहाँ पुगेपछि होटलमा जागीर लगाइदिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

पक्राउ परेका सुनुवारलाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको एसपी कोइरालाले जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077