Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै खेलमा बायर्न म्युनिखको १२ गोल

एजेन्सी – जर्मन डिएफवी पोकलको पहिलो राउन्डमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। इरिक म्याक्सिम चुपो मोटिङको ह्याट्रिकसहित चार गोल मद्दतमा बायर्नले तल्लो श्रेणीको ब्रेमेर एसभीलाई १२–० गोलले पराजित गरेको हो।

बायर्नको एक दर्जन गोलमा चुपो मोटिङले चार गोल गर्दा जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक गोल गर्दा एक गोल एसभीले आफ्नै पोष्टमा गरेको थियो।

गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो। इरिक म्याक्सिम चुपो मोटिङले खेलको ३५ मिनेटभित्रै ह्याट्रिक पुरा गर्दा बायर्नले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो। पहिलो हाफमै जान लुका वार्मले आत्मघाती गोल गर्दा जमल मुसिलाले एक गोल थपेका थिए।

७७औं मिनेटमा युगो नोविल सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि ब्रेमेर थप समस्यामा परेको थियो। त्यसअघि बायर्नले ८–० को अग्रता बनाइसकेको थियो। त्युपछि बायर्नले चार गोल थप्दै १२–० को फराकिलो जित पक्का गरेको हो। बार्यनसामु एसभी पूर्णरुपले निरिह बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077