Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले दुई टुक्रा भएकै दिन किन छमछमी नाचे ओली ? (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पत्नीको जन्मदिनमा छमछमी नाचेका छन्।

बुधबार बालकोटस्थित आफ्नै निवासमा पत्नी राधिका शाक्यको जन्मदिनकाे अवसरमा ओलीले आफैंले रचना गरेको गीत म त भाग्यमानीमा कम्मर मर्काएका हुन् ।

त्यसो त पार्टीका नेता माधवकुमार नेपालले एमालेलाई बिट मार्दै नयाँ पार्टीलाई जन्म दिएकै दिन ओलीले छमछमी नाच्नुलाई सामाजिक संजालमा अनेकौं टिकाटिप्पणी भएका छन्।

बर्षौं पुरानो सहयात्रालाई पूर्ण बिराम लागेको बेला दुखी हुनुको सट्टा यसरी खुशी भएर दमदार नृत्य पस्किनुलाई अर्थपूर्ण र विघटन पश्चातको खुशीमा बुझ्न सकिन्छ।

राजनीतिमा कठोर र एकल अडानमा लिप्त हुने ओली व्यक्तिगत जीवनमा ठट्यौलो र रसिक रहेको उनी निकटका व्यक्तिहरु बताउछन्।

हेर्नुहोस् भिडियो :

@stm049आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️

♬ original sound - Santosh thapa magar


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077