Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालले नयाँ दल दर्ता गरेपछि आयोगमाथि खनियो एमाले, सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गरेको छ ।

पार्टीले कारवाही गरेकाे व्यक्तिलाई सनाखत गराएर आयोगले नयाँ दल दर्ता गरेको भन्दै एमालेले असन्तुष्टि प्रकट गरेको हो।

बिहिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीले कारवाही गरेकाे व्यक्तिलाई सनाखत गराएकाे र सभामुख अग्निप्रसाद सापकोटाले विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएको भन्दै त्यसविरुद्द कानूनी उपचार खोज्ने निर्णय गरेको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिए।

'१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय भएकाे छ,' भट्टराईले भने।

यसअघि हिजो च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले पार्टी फुट्नबाट जोगाउन आफूहरूले १४ जनालाई कारबाही गरेको उल्लेख गर्दै सभामुखले त्यसलाई देखेको नदेखेकै गरेको आरोप लगाएका थिए ।

‘सभामुखजीले राजनीति खेल्न खोज्नु भयो, हामीले कारवाही गरेका सांसदहरुलाई पदमुक्त गर्नुपर्ने उहाँले उल्टै विचाराधीन छ भन्नुभयो, यो राम्रो हुँदैन,’ओलीले भनेका थिए। यसअघिको एक कार्यक्रममा पनि ओलीले सभामुखलाई धम्की स्वरुप सभामुख बनिरहन मन छ कि छैन भन्दै ठाडो हकारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077