Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२,४३३ जनामा संक्रमण पुष्टि हुँदा २६ जनाको मृत्यु, १,९२९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ०५२ र ४ हजार ६७२ को एन्टिजेन परीक्षणमा ३८१ जना गरी २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५४ हजार ९१५ जना पुगेको छ ।

जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा र ३ हजार ०३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६३८ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो बुधबारबार २,४८२ जना संक्रमित थपिँदा ४४ जनाको मृत्यु भएको थियो भने  १,७८१ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077