Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नशालु पदार्थ पिलाई तीन जनाले गरे आफ्नै साथीको सामूहिक बलात्कार, अश्लिल भिडियो पनि बनाए

एजेन्सी – भारतको मध्य प्रदेशमा सामूहिक बलात्कारको दर्दनाक घटना सार्वजनिक भएको छ। किशोरीलाई नशालु पदार्थ पिउन दिएर उनकै तीनजना साथीहरुले सामूहिक बलात्कार गरेको समाचार बाहिर आएको हो।

भारतीय प्रहरीका एसपी आशुतोष बागरीका अनुसार यो घटना अगस्ट २३ को हो। निजि कलेजमा फस्ट इयर पढिरहेकी एक किशोरी आफ्ना केटी साथीसहितह ३ अन्य किशोरहरुसँग घुम्न गएकी थिइन्। राति फर्किने समयमा एक युवकले उनलाई पेय पदार्थमा नशालु पदार्थ मिसाएर खुवाइदिएका थिए।

त्यसपछि ३ जना किशोरले उनलाई एक फ्याल्टमा लगे र पालैपालै बलात्कार गरे। घटनाबारे जानकारी गराउन किशोरी र उनका परिवार लसूडिया थानामा गएका थिए। उक्त थानामा किशोरीले तीन किशोरहरु र आफ्ना केटी साथीहरुविरुद्ध सामूहिक बलात्कार गरेको आरोपसहित उजुरी दिएकी छिन्। प्रहरीले हाल घटनामा संलग्नहरुको खोजी गरिरहेको छ।

समाचारमा उल्लेख गरिएअनुसार बलात्कार गर्नेमा आशीष, निकुल र हितेश रहेका छन्। उनीहरुले किशोरीको अश्लिल भिडियो पनि बनाएको बताइएको छ। पीडीत परिवारलाई प्रहरीले छिट्टै अपराधीलाई पक्राउ गर्ने आश्वासन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077