Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

९ किलो बुद्धचित्तको दानासहित एक युवक पक्राउ

ललितपुर – प्रहरीले बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार ललितपुरको सानेपाबाट ९ किलो बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ रहेका छन्। तामाङले ९ किलो बुद्धचित्तको दाना साथमा लिएर हिडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र बन कार्यालयको ‘छुट पुर्जी’ नरहेको पाइएको छ।

प्रहरीले उनलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला वन कार्यालय ललितपुरमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077