Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुवा खेल्ने र खेलाउनेसहित ११ जना पक्राउ, लाखौं रुपैयाँ बरामद

    जुवा खेल्ने र खेलाउनेसहित ११ जना पक्राउ, लाखौं रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.6K
    SHARES

    ललितपुर – प्रहरीले जुवा खेल्ने र खेलाउनेसहित ११ जनालाई लाखौं रुपैयाँसहित पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा महालक्ष्मीका अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोट बस्ने आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा, निरोज तामाङ, राजकुमार श्रेष्ठ, सन्तोष केसी, सरोज जिम्बा, अमित केसी रहेका छन्।



    प्रहरीका अनुसार उनीहरूको साथबाट २ लाख ३८ हजार रूपैयाँ नगद बरामद गरिएको छ। उनीहरुमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार