Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सौर्य उत्पादक संघको भवनमा दुई युवाको शव फेला

    सौर्य उत्पादक संघको भवनमा दुई युवाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला परेको छ।

    काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा एक जना युवाको शव भेटिएको हो।



    मृत भेटिएका व्यक्ति सोही भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ रहेका छन् ।



    उनी सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउस नजिक बागमती खोला किनारमा अर्का एक युवाको शव भेटिएको छ।

    नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार