Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पैसा बिच्छ्याएर सुत्नेलाई प्रहरीले गरायो सचेत

    पैसा बिच्छ्याएर सुत्नेलाई प्रहरीले गरायो सचेत

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । ओछ्यानमा पैसामाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई प्रहरीले सचेत गराएर छाडेको छ।

    नेपाल राष्ट्र बैंकले यो विषयमा चासो व्यक्त गरेपछि जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको पत्ता लगाएको थियो।



    उनले केहीअघि एक हजार र पाँच सय दरका नोट ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेजको शुल्क बुझाउन बैंकबाट निकालिएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ।



    उनले एभरेष्ट बैंकबाट निकालेको देखिएको छ। अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने शर्तमा उनलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार