Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुईजना प्रहरी कुटिए, तीनजना पक्राउ

    दुईजना प्रहरी कुटिए, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 990
    SHARES

    कैलाली । कैलालीमा दुईजना प्रहरी जवानमाथि कुटपिट भएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा बुधबार राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो ।

    टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुईजना जवान कुटिएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार प्रहरी जवान जनक ठकुल्ला र एक जना अर्का प्रहरी जवानमाथि हातपात तथा कुटपिट भएको हो ।



    सो क्षेत्रमा रात अबेरसम्म दसैंको रात्रिकालीन सांस्कृतिक कार्यक्रम चलिरहेको जानकारीपछि प्रहरीहरु पुगेका थिए । त्यहाँ पुगेर उक्त कार्यक्रम बन्द गर्न भनेपछि स्थानीय र प्रहरीबीच झडप भएको बताइएको छ । यस्तै प्रहरीले जवानमाथि कुटपिटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।



    जानकी गाउँपालिकास्थित वडा नम्बर ३ का लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई समातेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार