Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लेलेबाट १० जना जुवाडे पक्राउ, ९ लाख रुपैयाँ बरामद

    लेलेबाट १० जना जुवाडे पक्राउ, ९ लाख रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-५, लेलेबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले लेलेस्थित नवीन सिलवालको घरमा जुवा खेलिरहेका जुवाडेलाई बिहीबार पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा ३५ वर्षीय सुरेन्द्र महत, ३३ वर्षीय नवीन सिलवाल, ३० वर्षका श्रीकृष्ण थापा, ३० वर्षकै दिपेन्द्र थापा, ३७ वर्षीय कान्छा डंगोल, ३५ वर्षीय मनोज डंगोल,६४ वर्षीय रामकाजी महत, माधव महत, ३३ वर्षीय आशिष लामा र ४९ वर्षीय श्याम थापा रहेका छन् ।



    उनीहरुको साथबाट कौडा १६ थान, तास ९ बुक, मोबाइल १० थान तथा ९ लाख २ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार