Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डेढ लाख भन्दाबढी रकमसहित जुवाखालबाट ७ जना पक्राउ

    डेढ लाख भन्दाबढी रकमसहित जुवाखालबाट ७ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.7K
    SHARES

    फाइल फोटो

    कैलाली । वडा प्रहरी कार्यालय धनगढीले शुक्रबार साँझ जुवा खेल्ने र खेलाउने गरी ७ जनालाई पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ चौराह स्थित आनन्द केसीको घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट एक लाख ६४ हजार ३८० नगद रुपैयाँ, ९ थान मोवाईल, ३ गड्डी तास, तन्ना १ थान र दन १ थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । केसीको घरमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट इन्स्पेक्टर ढुङ्गानाको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।



    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का आनन्द केसी, वडा नं. ४ बस्ने दिपेन्द्र भण्डारी, वडा नं. १३ बस्ने रमेश खड्का, वडा नं. ३ बस्ने मन्नामे बिष्ट, गोदावरी नगरपालिका-२ बस्ने अम्मर बिष्ट, बाजुराको हिमाली गाउँपालिका-४ का चक्र मल्ल, बझाङ दुर्गाथली गाउँपालिका-४ बस्ने ऐन भण्डारी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार