Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

    काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका ११ कपनमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।



    यसैगरी टोखा नगरपालिका १ झोरस्थित एक टहरामा कौडा खेलिरहेको अवस्थामा १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित १३ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।



    उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार