Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेस्टुरेन्टबाट सात जना जुवाडे पक्राउ

    रेस्टुरेन्टबाट सात जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 984
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । प्रहरीले बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ नमस्ते रेस्टुरेन्ट एण्ड स्नोकर हाउसबाट जुवातास खेलिरहेको ७ जनालाई पक्राउ गरेको छ ।

    उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार