Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजविराजमा बन्द रहेको पीसीआर परीक्षण सुचारु हुँदै, सतर्कता आपनाउन डा. झाको आग्रह

    राजविराजमा बन्द रहेको पीसीआर परीक्षण सुचारु हुँदै, सतर्कता आपनाउन डा. झाको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.6K
    SHARES

    रामनारायण यादव / सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बन्द रहेको पिसिआर परीक्षण मेसिन एक दुई दिन भित्रमा संचालनमा आउने भएको छ ।

    विगत १ महिना मेसिन विग्रेका कारण देखि बन्द रहेको पिसिआर परीक्षण पुनः सुचारु हुन लागको गजेन्द्रनारायण सिंह अस्पतालका निमिति मेडिकल सुपरीडेन्टेन्ट डा. रञ्जित झाले बताए ।



    उनले भने ‘एक दुई दिनमै परीक्षण सुचारु हुने’ पिसिआर मेसिनकै व्यवस्थापनका लागि आफू लागि परेको बताउँदै विग्रेको मेसिन नबने नयाँ मेशिन नै जडान गरेर भएपनि परीक्षण शुरु गर्ने उनको भनाई छ ।



    डा झाले भने सप्तरीमा कोभिड मापदण्डको पालनामा लापरबाही भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले कोभिडको विरामी नभएपनि लापरबाही नगर्न सर्वसाधारण संग आग्रह गरेका छन् । भारतमा लगातार संक्रमितको संख्या बढी रहेको र काठमाडौंमा पनि अवस्था उस्तै रहेकोले कोभिड मापदण्ड पालना गर्दै सतर्कता अपनाउन सुझाव समते दिए ।

    ‘तेश्रो वेभ आउन सक्ने सम्भावना भएकोले अहिले देखि नै सतर्कता अपनाउनु आवश्यक छ’ उनले भने ‘असोज महिना तेश्रो वेभको पिक आवर हुन सक्छ ।’ कोरोनाको तेश्रो वेभ आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै गजेन्द्रनाराण सिंह अस्पतालमा तयारी भई रहेको डा. झाले बताए ।

    उनले तेश्रो वेभको जोखिमबाट संक्रमितको स्वास्थ्य जोगाउनका लागि अस्पतालमा उपकरण व्यवस्थापन देखि अन्य आवश्यक काम तिवरुपमा भईरहेको बताए । ‘कोरोनाको पहिलो लहर आउँदा हामी संग त्यति श्रोत साधन थिएन तर अहिले अस्पतालमा २५० थान अक्सिजन सिलिण्डर, २५ वेडको एचडियु, १५ वेडको आईसियु, बच्चाहरुको लागि १० वेडको एनआईसियु, ८ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार