Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संवैधानिक परिषदसम्बन्धी अध्यादेश

    संवैधानिक इजलासबाट किन बाहिरिए प्रधानन्यायाधीश राणा ?

    संवैधानिक इजलासबाट किन बाहिरिए प्रधानन्यायाधीश राणा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहिरिएका छन् ।

    तत्कालीन एमाले अध्यक्ष केपी ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेको थियो ।



    वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश संलग्न हुन नमिल्ने जिकिर गरेका थिए। राणा उक्त इजलासमा बस्दा स्वार्थ बाझिने भएकाले उनी अलग हुनुपर्ने जिकिर कानुन व्यवसयाीले गरेका थिए।



    प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ । उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

    प्रधानन्यायाधीश जबराले यो मुद्दामा अन्तिम सुनुवाइ हुने दिन अर्थात फैसला आउने दिन विदामा बस्ने जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार