Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संक्रमित भन्दा निको हुनेको संख्या २७२ जनाले बढी, थप २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ०६५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५६ हजार ४९२ जना पुगेको छ ।

जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा र २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६६३ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो बुधबारबार २,४३३ जना संक्रमित थपिँदा २६ जनाको मृत्यु भएको थियो भने  १,९२९ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077