Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार, प्रधानन्यायाधीश राणा बिदा बस्ने

    संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार, प्रधानन्यायाधीश राणा बिदा बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइका लागि आगामी शुक्रबार (भदौ १८ गते) पेशी तोकिएको छ ।

    आज सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।



    सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गर्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।



    आज वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले उक्त मुद्धामा प्रधानन्यायाधीश संलग्न हुन नमिल्ने जिकिर गरेका थिए। राणा उक्त इजलासमा बस्दा स्वार्थ बाझिने भएकाले उनी अलग हुनुपर्ने जिकिर कानुन व्यवसयाीले गरेका थिए।

    तत्कालीन एमाले अध्यक्ष केपी ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार