Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको ट्रान्सफर चर्चा : सिटी ‘आउट’, युनाइटेड ‘इन’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने पक्का भएको छ। रोनाल्डोले युभेन्टसका सहकर्मीहरुलाई शुक्रबार नै गुडबाई भनिसकेका छन्।

ट्रान्सफर बजारमा उनी म्यानचेस्टर सिटीसँग सम्झौता नजिक रहेको हल्ला चलेको थियो। सिटीले उनलाई क्लबमा आबद्ध गराउने प्रयास पनि गरेकै हो। तर, अन्तिम समयमा सिटी ब्याक भएको छ। रोनाल्डोको उमेर अनुसार दुई वर्ष सम्झौता दिने भएपनि युभेन्टसको माग अनुसार ३० मिलियन युरो तिर्न भनेको थियो।

तर सिटीले सकेसम्म उनलाई फ्रि ट्रान्सफर अथवा थोरै मूल्यमा लिन चाहेको थियो। त्यसकारण सिटी हाल रोनाल्डो भित्र्याउने दौडबाट बाहिरिएको छ। अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डो भित्र्याउने तयारी गरहेको छ।

समाचारमा बताइएअनुसार युनाइटेडले औपचारिक प्रस्तावको तयारी गरिरहेको छ। युनाइटेड रोनाल्डोको पूर्व क्लब हो। यसअघि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले केहि दिनयता म्यानचेस्टर सिटीसँग रोनाल्डोको ट्रान्सफरबारे छलफल गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077