Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अन्ततः म्यानचेस्टर युनाइटेडमै फर्किए रोनाल्डो

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै फर्किएका छन्। क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने सहमति भएको आधिकारिक पुष्टि गरिसकेको छ।

गत सिजनको अन्त्यसँगै रोनाल्डोले युभेन्टस छाड्ने तयारी गरेका थिए। यस सिजन शुरु भएपछि पनि उनले आफूले इटाली छाड्न चाहेको बताएका थिए। यसअघि रोनाल्डोलाई आबद्ध गराउन म्यानचेस्टर सिटी अघि बढेको थियो।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले पोर्चुगिज फरवार्डलाई पहिले ह्यारी केनलाई अनुबन्ध गर्नबाट चुकेको म्यानचेस्टर सिटीलाई अफर गरेका थिए। तर, सिटी यो दौडबाट शुक्रबार बाहिरिएको थियो।

योसँगै युनाइटेडले ३६ वर्षीय खेलाडीलाई पुनः ओल्ड ट्राफोडमा भित्र्याउन ३.३ करोड डलरको अफर प्रस्तुत गर्ने ढोका खोलेको थियो। रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडसँग आबद्ध थिए।

क्लबले एक विज्ञप्ति जारी गर्दै ५ पटकका बालोन डिओर विजेता रोनाल्डोलाई पुनः भित्र्याउन पाउँदा खुसी व्यक्त गरेको छ। युनाइटेडमा रहँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077