Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाल समूहलाई पातको संज्ञा दिंदै ओलीले भने–बुढो पात खस्दैमा रुखलाई फरक पर्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पहेँलिएको पातको संज्ञा दिंदै बुढो पात खस्दैमा रुखलाई फरक नपर्ने बताएका छन् । नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा नेकपा एमालेलाई कुनै असर नगर्ने उनको दावी थियो ।

आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने,‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।

उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077