Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिकेको मेसी मोह : लिग वान प्रसारण गर्ने अधिकार नै खरिद

एजेन्सी – बार्सिलोनाका खेलाडी जेरार्ड पिकेको कम्पनी कोस्मोस होल्डिङले फ्रेन्च लिग वानको प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएको छ। बार्सिलोनाका पूर्व स्ट्राइकर लियोनल मेसीले डेब्यू गर्नुअघि नै लामो समयसम्म सँगै फुटबल खेलेका उनका साथी पिकेले लिग वान प्रसारण गर्ने अधिकार खरिद गरेका हुन्।

मेसीले पिएजसीबाट आउँदो आइतबार आफ्नो पहिलो खेल खेल्ने बताइएको छ। सो खेलमा पिएजसीले रेइम्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२ः३० बजे शुरु हुनेछ।

यो खेल स्पेनमा Ibai Llanos च्यानलबाट बाट हेर्न सकिने छ। इएसपिएनका अनुसार स्पेनिस टेलिभिजन चयानल टेलिसिन्सोलाई मेसीको डेब्यू खेल प्रसारण गर्ने अधिकार छ। लिग वानको प्रसारण अधिकार यसअघि मोभिस्टारसँग थियो। पिकेको कम्पनी उसैसँग सहकार्य गरेर प्रत्यक्ष प्रसारणको लाइसेन्स लिन लागेको हो।

बार्सिलोनामा २१ वर्ष बिताएका मेसी केही हप्ताअघि पिएसजीमा आबद्ध भएका थिए। बार्सिलोनाबाट उनको बाध्यात्मक बहिर्गमन भएको थियो। मेसी र पिएसजीका समर्थकहरु उनको पहिलो खेलको प्रतिक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077