Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसी भर्सेस रोनाल्डो : नयाँ क्लबमा कसको तलब बढी ?

एजेन्सी – लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका दुई सुपरस्टार हुन्। अर्जेन्टाइन मेसी र पोर्चुगिज रोनाल्डोले ला लिगामा लामो समय एकअर्काको प्रतिस्पर्धीका रुपमा फुटबल जीवन बिताए।

यो जोडी विश्व फुटबलमा सबैभन्दा बढी तुलना हुने जोडी पनि हो। क्लब फेरिए पनि समर्थकहरुको नजरमा उनीहरुबीचको प्रतिद्वन्द्व उस्तै नै छ। करिब दुई दशकदेखि मेसी र रोनाल्डोको फुटबल हेरेर मानिसहरु रमाइरहेका छन्।

हाल दुबै खेलाडी नयाँ क्लबमा आबद्ध भएका छन्। मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्किएका छन्। यी दुई खेलाडीको ट्रान्सफर यति छोटो समयमै पक्का भयो जसले धेरै फुटबलप्रेमीलाई अचम्मित नै बनायो।

बार्सिलोनामा नै बस्ने भनेका मेसी एकाएक क्लब छाड्न बाध्य भए अनि यस सिजन युभेन्टसबाटै खेल्छु अनावश्यक टिकाटिप्पणी नगर्नु भनेका रोनाल्डोले इटाली छाडे। यहाँ हामी दुई खेलाडीमध्ये कसको तलब बढी भनेर तुलना गर्न गइरहेका छन्।

द सनका अनुसार मेसीले पिएसजीमा एक सातामा औसतमा ६ लाख ५० हजार पाउण्ड स्टर्लिङ आम्दानी गर्नेछन्। त्यस्तै स्पोट्रयाक डटकमकाअनुसार रोनाल्डोले सातामा औसतमा ५ लाख १० हजार पाउण्ड स्टर्लिङ आम्दानी गर्नेछन्।

तलबको स्केल हेर्दा मेसीले रोनाल्डोभन्दा बढी आम्दानी गर्ने देखिएको छ। तर दुबै खेलाडीले क्लबमा सबैभन्दा बढी तलब लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077