Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, आफू पनि झुन्डिए

भोजपुर । भोजपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले पनि देहत्याग गरेका छन्। षडानन्द नगरपालिका –९ तालखर्क का ४० वर्षीय बुद्दीमान राईले श्रीमती २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए।

श्रीमतीको हत्यो गरेको केही समयमै उनले देहत्याग गरेको प्रहरीले जानकारी दिएको छ। उनी घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएका थिए।

राईका ८ वर्षीय छोराले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। हाल स्थानीयहरुसँग सोधपुछ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077