Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ३ महिना अँध्यारो भएपछि ‘कृत्रिम सूर्य’को आविस्कार

    ३ महिना अँध्यारो भएपछि ‘कृत्रिम सूर्य’को आविस्कार

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 3K
    SHARES

    एजेन्सी – ‘आवश्यकता नै आविस्कारकी जननी हुन्।’ जब मानिसलाई कुनै कुराको आवश्यक पर्छ अनि मात्र नयाँ कुराको आविस्कारहरु हुँदै जान्छन्।
    पृथ्वीमा केही यस्ता ठाउँहरु छन् जहाँको बारेमा धेरैलाई थाहा छैन।

    इटलीमा पनि यस्तो एउटा गाउँ छ जहाँ वर्षमा ३ महिना घाम देखिँदैन। त्यसबाट मानिसले घाँम सधैं चाहिने आवशयकता महसुस गरे र प्रकाशका लागि आफ्नै कृत्रिम सूर्य बनाए।



    इटलीको यो गाउँको नाम भिगानेला हो। यो देशको उत्तरी क्षेत्रमा पर्छ। यो गाउँ चारैतिरबाट पहाड र घाटीहरुले घेरिएको छ। यही कारण खासगरी जाडो मौसममा नोभेम्बरदेखि फेब्रुअरीसम्म यहाँ अँध्यारो भइरहन्छ। सूर्यको किरण यो गाउँसम्म पुग्न सक्दैन।



    लामो समयसम्म सूर्यको प्रकाश नपर्दा यहाँ रोगहरु फैलिन थाल्थे। प्रकाश नहुँदा मानिसहरुमा नकारात्मक मानसिकता, निद्राको कमी, मुड खराब हुने जस्ता समस्याहरुबाट ग्रसित हुन्थे र अपराध पनि बढ्थ्यो।

    अपहले भने या गाउँका मानिसहरुले अँध्यारो हुने ३ महिनाको लागि प्रकाशको व्यवस्था गरेका छन्। यो गाउँका मानिसहरुले सन् २००६ मा १ लाख युरो खर्च गरेर ८ मिटर लामो र ५ मिटर फराकिलो स्टिल शीटको निर्माण गरेका छन्। यो पातामा प्रकाश परेपछि पूरै गाउँमा उज्यालो फैलिन्छ। सूर्यको मार्गको अनुसारण गर्नको लागि यसलाई कम्प्युटरसँग जोडिएको छ।

    यो प्रविधिको प्रयोगको विषयमा कुरा गर्दै भिगनेलाका मेयर पियरफ्रेंको मिडालीले भने ‘यो सजिलो थिएन। हामीले यसको लागि उचित सामग्री खोज्नु थियो। प्रविधिको बारेमा सिक्नु थियो र विशेष रुपले पैसाको चिन्ता गर्नु ठूलो चुनौती थियो।

    यो प्रविधिबारे बताउँदै एक वैज्ञानिकले भने ‘यो स्टिल शीटमा जडान गरिएको ऐनाले दिनमा ६ घण्टा सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ।’ मिडालीले भने ‘यो परियोजनाको पछाडिको विचारको वैज्ञानिक आधार भन्दा पनि मानवीय आवश्यकता हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार