Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि : शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने स्पष्ट पारेका छन्। दाङको घोराहीमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने दाबी गरेका हुन्।

‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि,’ पत्रकाहरुसँग उनले भने, ‘म सभापतिको उम्मेदवारीबट पछि हट्दिँन।’ त्यस्तै नेता कोइरालाले महाधिवेशन निर्धारित समयमै हुने जानकारी दिँदै त्यसको तयारीमा जुट्न सबै नेता, कार्यकर्तालाई आग्रह पनि गरे।

उनले कम्युनिष्टहरू फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न समेत उनले सबै नेता, कार्यकर्तालाई आह्वान गरे। अब आउने आमनिर्वाचन कांग्रेसको प्रतिष्ठाको लडाइँ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाइ छ।

एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077