Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिएसजी र रेइम्स भिड्दै : मेसी, नेयमार र एमबाप्पे खेल्ने सम्भावना कति ?

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले रेइम्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२ः३० बजे शुरु हुनेछ।

पिएजसीमा हालै आबद्ध भएका लियोनल मेसीले रेइम्सविरुद्ध पहिलो खेल खेल्ने सम्भावना रहेको छ। यसो त मेसीले क्लबमा अनुबन्ध हुनेबित्तिकै खेलका लागि तयार रहेको बताएका थिए। तर प्रशिक्षक माउरिसियो पोचेटिनोले केही समय प्रशिक्षण गराएर मात्र उनलाई मैदान उतार्दा प्रभावकारी हुने बताएका थिए।

रियल मड्रिडमा आबद्ध हुने प्रयासमा रहेका किलियन एमबाप्पे, नवप्रवेशी मेसी र टोलीका अघिल्ला खेलमा सहभागी नभएका नेयमार जुनियरले यो खेल खेल्न सक्ने माउरिसियोले जानकारी दिएका छन्।

’‘हामीले हाल टोलीको घोषणा गरिसकेका छैनौं,’ खेलअघिको पत्रकार सम्मेलनमा उनले भने, ‘टोलीमा आक्रामक ट्रिओको नाम अवश्य हुनेछ। हेरौं उनीहरुले खेलको शुरुवातदेखि नै खेल्न सक्छन् कि।’

त्यस्तै पोचेटिनोले एमबाप्पेले आफूलाई क्लब छाड्न चाहेको कुरा नबताएको पनि जानकारी दिए। ‘एमबाप्पे अघिपछि जस्तै प्रशिक्षणमा उत्कृष्ट गरिरहेका छन्। क्लब छाड्नेबारे केही बोलेका छैनन्,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077