Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागढुंगा–नौबिसे सडकखण्डमा ठूलो पहिरो, तत्काल खुलाउन नसकिने

काठमाडौं। लगातारको वर्षाका कारण खसेको पहिरोले नागढुंगा–नौबिसे सडक अवरुद्ध बनेको छ।

नागढुंगा प्रहरी चेकपोस्टका अनुसार चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा गएको पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो।

पहिरोका कारण उपत्यका प्रवेश गर्ने सबै गाडी रोकिएका छन्।

ठूलो पहिरोसँगै रुखसमेत बगेर आएकाले सडक तत्काल खुलाउन नसकिने नागढुंगा प्रहरीले जनाएको छ। पछिल्लो समय यस क्षेत्रमा सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077