Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ बस्ने ५० वर्षीय नागेश्वर मण्डलको आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा कल चलाउँदा मोटरको तार सर्ट भएर करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077