Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादी : संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्।

त्यस्तै, झाँक्रीका अनुसार राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् भने प्रमुख सचेतक र सचेतकलगायतका जिम्मेवारी भने दलका नेताले चयन गर्ने सहमति भएको छ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077