Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपालले जंगिदै भने- कुनै पार्टीसँग एकता गर्दैनौं भनेर कति चोटि भन्नुपर्छ …?

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई अम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले आफूहरूको पार्टीको सङ्गठन टोल टोलमा रहेको दाबी गर्दै भने, 'पार्टी एकता हुने छैन भनेर म प्रस्ट पार्न चाहन्छु । कति चोटि भन्नुपर्छ … प्रस्ट पार्न चाहन्छु । यही सन्देश जाओस् मिडियाबाट किनभने कसै कसैले के भन्ने गर्‍या छन् भने अरूको टाँग मुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन्, तुरुन्त अर्को पार्टीमा विलीन हुन गइरहेका छन्। ती सबै वाहियात प्रचार हुन।'

यस्तै, पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने बताए ।

राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताउँदै उनले वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने जानकारी दिए ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन्।

आजको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077