Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको थियो।

पार्टीका नेतृ रामकुमारी झाँक्रीका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता नेपाललाई दिएको हो।

‘कति मन्त्री बनाउने, ककसलाई बनाउनेलगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ, नेतृ झाँक्रीले भनिन्।

त्यस्तै, झाँक्रीका अनुसार दलको बैठकले संसदीय दलको विधान निर्माण गर्न भवानी खापुङ, लक्ष्मी चौधरी, निरा जैरु, शेरबहादुर कुँवर र खगेन्द्रप्रसाद पुरी रहेको एक समिति गठन गरेको छ ।

यसैगरी राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएको झाँक्रीले बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077